सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्यलाई मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था नभएको प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले बताएका छन् । प्रदेश सभाको आठौं अधिवेशनको पाचौं बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमकाे आचरणमा बस्नुपर्ने बताएका हुन् ।
‘संसदमा एमाले दुइटा छैन र हुँदैन् । मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन् ।’ नेता कँडेलले भने, ‘त्यो अभ्यास सोभनिय छैन् । अदालतको फैसलाले । पुर्नबहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ । साेही बमाेजिमकाे आचरणमा बस्नुपर्छ ।’
दलकाे ह्वीप उलंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे सरकार जाेगाउन एमाले माधव पक्षका प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लाेर क्रस गरी विश्वासकाे मत दिएका थिए । जसमध्ये थापा, शाही र ज्वाला मन्त्री प्रदेश सरकारकाे मन्त्री पदमा नियक्त भएका छन् ।