साैरभ कार्की कवि हुन् । केही साताअघि शिलापत्रमा प्रकाशित ‘टीभीका प्राइम टाइम शाेले हामीलाई के सिकाउँछन्’ शीर्षक उनकाे लेख चर्चामा रहेकाे थियाे ।
उनै कार्की शुक्रबार बालुवाटारमा प्रदर्शन गर्दागर्दै प्रहरी गिरफ्तारमा परे । अहिले उनलाई मालीगाउँ प्रहरी वृत्तको हिरासतमा राखिएकाे छ ।
कार्कीले याे कविता नागरिक आन्दाेलनमा वाचन गर्दैगर्दा प्रहरीले उनलाई गिरफ्तार गरेकाे थियाे । उनले पूरै कविता पढ्न पाएनन् । शिलापत्रले उनकाे कविता जस्ताकाे तस्तै छापेकाे छ ।
म निसास्सिइरहेको छु
– साैरभ कार्की
तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले –
मेरो अस्तित्व ।
लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायालय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुँ ।
म त केवल एक सास न हुँ ।
मलाई थाहा छ
मेरो सास जत्तिखेरै जान सक्छ ।
म कतै झडपहरूमा मारिन सक्छु ।
ग्याङलिडर बताइन सक्छु ।
वा ड्रगडिलर ।
वा कुनै आतंककारी ।
म, जत्तिबेलै मारिन सक्छु ।
मेरो सास – तिम्रो लागि – मात्र एक गोली न हो ।
धन्न हावाको रङ हुँदैन र मात्रै,
नत्र त तिमीले
मेरो सासको रङ पनि कालै देख्थ्यौ होला ।
हेर त : कालै छ – सडकको रङ पनि ।
र अहिले त्यो सडकभरि छन् कालै खुट्टाहरू ।
उचालिरहेछन् आफ्ना कालै मुट्ठीहरू ।
इन्कलाव – जिन्दावाद ।
नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकसहितका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लियाे@narayanwagle @belakoboli @YugPathak @Shilapatra pic.twitter.com/urTe3kwUTC
नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकसहितका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लियाे@narayanwagle @belakoboli @YugPathak @Shilapatra pic.twitter.com/urTe3kwUTC
— Shilapatra (@Shilapatra) June 11, 2021
शिलापत्रबाट साभार गरिएकाे