सुर्खेत । काँक्रेविहार संरक्षण क्षेत्रमा डिभिजन वन कार्यालय सुर्खेतले फजुल खर्च गरि बजेट अनियमितता गरेको छ । वन आगलागी हुनबाट जोगाउन निर्माण गरिने अग्नि रेखा माघ महिनामै बनाउनुपर्ने हुन्छ । तर, कार्यालयले भने वर्षे झरीको अवस्थामा अग्नि रेखा निर्माण गर्न लागेको हुँदा फजुल खर्च गरी बजेट अनियमितता गरेको हो ।
बैशाख–जेठको खडेरीमा आगलागी हुँदा यसबाट हुने क्षती नियन्त्रणका लागि माघ–फागुन महिनामै अग्नि रेखा बनाउनु पर्ने भएपनि उक्त अग्नि रेखा नबनेकै कारण गत चैत्र २१ गते भीषण आगलागी भएको थियो । डिभिजन वन कार्यालयले अग्नि नियन्त्रणका लागि समयमै बजेट कार्यान्वयन नगर्दा आगलागीबाट क्षती व्यहोर्नु परेको आरोप स्थानीयले लगाएका थिए ।
सम्बन्धित समाचार :
सुर्खेतको काँक्रेबिहार संरक्षित क्षेत्रमा भीषण आगलागी, बेखबर स्थानीय प्रशासन