सुर्खेत । नेकपा एमाले संसदीय दलले कर्णाली प्रदेश सभाको वर्षे अधिवेशन बोलाउनु पर्ने माग राख्यो । त्यही अनुसार कर्णाली प्रदेश सरकारले आठौँ अधिवेशन गर्न जेठ २४ गते डाक्न प्रदेश सरकारले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीलाई सिफारिस ग¥र्यो । त्यसैका आधारमा प्रदेश प्रमुख कलौनीले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाए ।
जेठ २४ गते दिउँसो दुई बजे बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशसभाको पहिलो बैठक जेठ २४ गते सोमबार दिउँसो २ बजे बोलाइएको थियो । तर, एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाको राजीनामा मागेर एमालेले संसद अवरुद्ध ग¥यो ।
बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताए । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो होइन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन,’ उनले भने, ‘सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । बजेट, नीति कार्यक्रम ल्याउनुहोस् । त्यसमा हामी सकारात्मक छौँ । रचनात्मक सहयोग गर्न तयार छौँ ।’
बैठक सुरु हुनासाथ अवरुद्ध भएपछि आधा घण्टाका लागि संसद बैठक स्थगित भएको थियो । पुनःचलेको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद करबिर शाहीले मन्त्री थापालाई पदबाट नहटाएसम्म संसद बैठक अवरुद्ध हुने जानकारी गराएपछि अर्को बैठक २५ गते दिउँसो २ बजेका लागि तोकिएको थियो ।
२५ गते तोकिएको बैठक नै बस्न सकेन् । त्यो बैठक पनि बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर जेठ २६ गते बुधबार दिउँसो २ बजेसम्म बैठक स्थगित गरियो ।
जेठ २६ गते दिउँसो २ बजे पुनः संसदको बैठक बस्यो । संसदको बैठक बस्न साथ एमाले संसदीय दलका नेता यामलाल कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको बताए । ‘यो सरकारको सदनबाट बजेट ल्याउने नियत छैन । बाटो छँदैछ भन्दै मनोविज्ञान सम्प्रेषण गरिरहेका छन् ।’ उनले भने, ‘राजनीतिक प्रतिशोधका रुपमा उक्त कुरा उठाएका होइनौं । पात्रका बारेमा कुरा उठाएका होइनौं । प्रवृत्तिका बारेमा उठाएका हौं ।’
कँडेलले सरकार संसदबाट भाग्न खोजेको आरोप लगाए । ‘यो सरकार संसदबाट बजेट ल्याउने पक्षमा छैन् ।’ उनले भने,‘यो बर्बादी समय खेर फाल्न चाहन्छ ।’ यद्यपी प्रतिपक्ष एमालेले भने, तेस्रो दिनसम्म लगातार संसद अवरुद्ध गर्दा सभाको कार्यसूची प्रवेश गर्न पाएको छैन ।
सांसद कडेलले संसदमा करिब आधा घण्टा बोलेर बेन्चमा नबसेर उनीसहित अन्य सांसदहरु उठेर मौन बसे ।
सभामुख राजबहादुर शाहीले आधा घण्टाका स्थगित गरेको संसद यो समचार लेख्दासम्म पनि बस्न सकेको छैन् ।
सरकार पक्ष भन्छ : उहाँहरु कार्यसूचीमा प्रवेश नै गर्न दिनुहुन्न
वर्षे बजेट अधिवेशन बोलाएको सरकारले एमालेले संसद अधिवेशनको कार्यसूचीमा नै प्रवेश गर्न नदिएका कारणले आफुहरुले संसद अधिवेशन चल्न नसकेको बताएको छ ।
सत्ता पक्ष माओवादी केन्द्रका एक मन्त्रीले हामीले बजेटको अन्तिम तयारी गरेको गरेको बजेट संसदमा पेश गर्ने तयारी अवस्थामा रहेको बताए । ‘नीति तथा कार्यक्रम संसदमा लिन खोजेका थियौं ।’ उनले भने,‘तर, लोकतन्त्रको भाषण ठुलो गर्नुहुन्छ । तर, संसदमा उहाँहरु सधै अबरुद्ध गर्ने गर्नु भएको छ ।’
लोकतन्त्र पाठ पढाउने आफु संसद चल्न नदिने एमाले(ओली)को लोकतन्त्र गजवको भएको एमाले सांसदबाट फ्लोरक्रस गरेका एक मन्त्रीले भने ‘एमाले(ओली)को लोकतन्त्र गजव छ । उहाँहरुले जे गर्दा पनि हुन्छ । अरुले खुल्ला मनले काम गरे पनि गाली गर्नुहुन्छ ।’