काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ। ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो।
जसपाका एक नेताले नवनियुक्त मन्त्रीहरूको साँझ सात बजेतिर सपथ ग्रहण हुने जनाएका छन्। ती नेताका अनुसार राजेन्द्र महतोले उपप्रधान तथा सहरी विकासमन्त्री पाएका छन्।
महतोको नेतृत्वमा सरकारमा जान लागेको जसपाबाट शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ।
यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ।