काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थापाको मंगलबार निधन भएको पार्टीका संयाेजक मिलन पाण्डेले जानकारी दिए ।
उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
“चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन,” मेडिसिटी अस्पतालले भनेको छ, “मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौँ ।”
मेडिसिटी अस्पतालले जारी गरेकाे विज्ञप्ति :