सुर्खेत । कोरोना भाइरसबाट संक्रमित कर्णालीका पत्रकार र उनिहरू (पत्रकार)का परिवारलाइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालराेग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदीप न्याैपानेले निशुल्क उपचार परामर्श दिने भएका छन् । कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्धयबीच यस्ताे सहमति भएकाे हाे ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकाेटाले जानकारी दिए ।
अध्यक्ष देवकाेटाका अनुसार डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवश्था,उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने साबधानी, आइशोलेसनमा बस्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरि सम्झौता भएकाे छ ।
संक्रमित पत्रकार र उनीहरुको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरि आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्ने देवकाेटाले जानकारी दिए । उनले डाक्टरद्धयलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पीटलमा भेट्न सकिने बताए ।
महासंघका तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्ने जनाइएकाे छ ।
यस्तै, डाक्टर केसी र न्यौपानेले गतबर्ष पनि कोरोना भाइरस संक्रमितको उपचारमा विशेष भूमिका निर्बाह गरेका थिए ।
सहमतिपत्र हेर्नुहाेस् :