सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका-९ बस्ने २६ वर्षीया वीरेन्द्रकुमार खत्रीलाई नियन्त्रणमा लिइएको हो ।
गुर्भाकोट नगरपालिका ३ कुरिल्ले स्थित छिन्चु जाजरकोट सडकखण्डमा खत्रीले चढेको भे४प ४८८७ नं को मोटरसाइकल जाँच गर्दा चितुवाको छाला भेटिएको प्रहरीले जानकारी दिएको छ । झोलामा लुकाई छिपाई राखेको अवस्थामा युवकलाई छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनलाई थप कारबाहीका लागि गुर्भाकोट सव–डिभिजन वन कार्यालय मेहलकुना सुर्खेतमा पठाइएको प्रहरीको भनाइ छ ।