सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा प्रदेश कोभिड रोग नियन्त्रण तथाा व्यवस्थापन निर्देशन समिति गठन गरिने भएको छ।
मन्त्रिपरिषदको बैठकलेनै कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकिकृत व्यवस्थापन गर्ने उद्देश्य सहित निर्देशन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा आर्थिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रमुख÷ अध्यक्ष जिल्ला सदरमुकाम रहेका पालिका, प्रहरी नायव उपरिक्षक, प्रमुख जिल्ला अधिकारी लगाएत हुनेछन् ।
यस्तै बैठकले प्रदेश अस्पताल सुर्खेतमा कोभिड नियन्त्रण कार्यलार्य प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकिकृत व्यवस्थापन गर्ने उद्देश्य सहित प्रदेश अस्पताल कोभिड नियन्त्रण व्यवस्थापन निर्देशन समिति पनि गठन तथा परिचालन गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयका सचिवको निर्देशनमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले बताइन् ।
साथै सामाजिक विकास मन्त्रालयलाई कोभिड रोग नियन्त्रण कार्यक्रमका लागि मन्त्रिपरिषदको पुर्ववत निर्णय अनुसार थप बजेट उपलब्ध गराउँदा १० करोडका दरले थप गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
केसीका अनुसार पाँचौँ तहका स्वास्थ्यकर्मीहरुको छनोटका लागि अन्तवार्ता बाहेकका योग्यताक्रमका आधारमा तयार गरिएको संक्षिप्त सुचीबाट विज्ञापन गरिएको भन्दा नबढाउनेगरी करारमा कर्मचारी नियुक्ती गर्न सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ।