सुर्खेत ।कोरोना संक्रमणका कारण पछिल्लो समयमा सरकारले अस्पतालमा अक्सिजन अभावका कारण विरामी भर्ना गर्न नसकिने सुचना जारी गरिरहँदा कर्णाली प्रदेस अस्पतालले भने अक्सिजनको अभाव नरहेको बताएको छ ।
कोरोनाको दोस्रोलहरको प्रकोप बढे सँगै नागरिकमा सन्त्रास त फैलिएको छ नै झन् गलत अफवाहले विरामी र उनीहरुका आफन्तहरु थप आतंकित बनाउने गरेको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. के एन पौडेले बताएका छन् । डा. पौडेलले अस्पतालमा अहिले प्रयाप्त अक्सिजन भएको र अभाव छ कि भनेर कोही पनि नआत्तिन अनुरोध समेत गरेकाछन् ।
अहिले बाहिर बजारमा हल्ला भएको जस्तो अस्पतालमा अक्सिजनको कमि छैन । हाल अस्पतालमा २ वटा अक्सिजन प्लाण्टले नियमित रुपमा अक्सिजन उत्पादन गरिरहेको छ र दैनिक नेपालगन्जबाट १०० वटा अक्सिजन सिलिण्डर नियमित रुपमा आयात भै रहेको डा. पौडेलले बताएकाछन् ।
उनले अहिले अक्सिजन चाहिने बिरामी भनेको कुल संक्रमितको ४ प्रतिशतलाई मात्र हो र बाँकी ९६ % लाई सामान्य लक्षण मात्र देखिएको पाइएको छ । सामान्य लक्षण देखिदैमा कोही पनि नआत्तिन र घरमै आफ्नो ख्याल गरेर पनि हामीले सजिलै कोरोना लाई जित्न सकिने बताएकाछन् । डा. पौडेलले कोराना संक्रमण हुँदैमा हत्तोत्साहित नहनु पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।