कालिकोट । आइतबार (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा फैलिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको हो।
कोरोना संकट व्यवस्थापन समितिकाे शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।
निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने जनाइएकाे छ।
‘कार्यालय संञ्चालन सम्बन्धमा अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी समय तोकी अत्यावश्यक सेवा संचालन गर्ने र सवारी साधन संचालनमा पूर्ण रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कालिकाेटले जनाएकाे छ ।
कार्यालयका अनुसार अत्यावश्यक सेवा खाद्य सामग्री पानी औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा एम्बुलेन्स दमकल दुध तथा दग्धजन्य पदार्थ फोहोर मैला ब्यवस्थापन बैंक तथा बित्तिय संस्था दुरसंचार इन्टरनेट आइसोलेसन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने कागजातका आधारमा संचालन गर्न सकिने छ।