दैलेख । दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
काेराेना भाइरस संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते (मंगलबार) राति १२ बजेदेखि वैशाख २८ गते (मंगलबार)सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए।
भारतबाट आउनेको सङ्ख्या बढ्दै गएकोले नागरिकस्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएकाे भन्दै कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रजिअ प्याकेरेलले बताए ।
दैलेखमा आइतबारसम्म १ सय ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेक छन् भने जिल्लामा हालसम्म कोरोनाका सङ्क्रमणका कारण ७ जनाले ज्यान गुमाइसकेका छन् ।