सुर्खेत । हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर चाेट लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका – ५ तलिगाउँ निवासी ६८ वर्षीय जौमती जैसीको बिहिबार साँझ मृत्यु भएको हो ।
‘स्याउला संकलन गरेर भारी बोक्नै लाग्दा अचानक हाँगो बजारिएछ’, चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ का वडाअध्यक्ष नारायण रेग्मीले भने ,‘ हाँगो शरीरमा खसेपछि घटनास्थलमै मृत्यु भयो ।’