सुर्खेत । सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९० जना कारबाहीमा परेका छन्। कोरोना संक्रमण बढ्दै जान थालेपछि मंगलबार रातिदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।
बुधबार र बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९० जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जसमध्ये १ हजार १५ जनालाई होल्डमा राखेर सम्झाइबुझाइ गरी छोडिएको छ।
यसैगरी, मास्क नलगाई हिँडेका ४६५ जनालाई मास्क दिएर सम्झाइबुझाइ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।