सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिर्ले उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो ।
पत्रकारहरु अग्रपंक्तिमा खटिर जोखिम मोलेर पनि नागरिकहरुलाई सुचना प्रवाह गर्ने भएकाले पत्रकारले उपचार गर्दा राहत होस भनेर यो निर्णय भएको हो,’ अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्र थापाले भने ।
साथै उनले पत्रकारहरु सँग सहकार्य गर्न चाहेको कुरा पनि सुनाए । केही दिनभित्र महासंघ र अस्पतालवीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताए ।
यो कार्यबाट जिल्लाका पत्रकारहरुको स्वास्थ्य सेवामा आर्थिक व्ययभारमा केही राहत महसुस हुने अपेक्षा छ ,’ उनले भने ।