सुर्खेत । घाइते जरायाेकाे उद्दार गरिएकाे छ । काँक्रेविहार संरक्षण क्षेत्रबाट घाइते भइ वीरेन्द्रनगरकाे बजार क्षेत्र पसेकाे जरायाेकाे उद्दार गरिएकाे हाे ।
काँक्रेविहारबाट बजारक्षेत्रमा पसकाे उक्त जरायाे कालुन्चाैक नजिकैकाे चाैरमा घाइते अवस्थामा भेटिएकाे डिभिजन वन कार्यालय सुर्खेतले जनाएकाे छ । कार्यालयका अनुसार उक्त जरायाेकाे डिभिजन वन कार्यालयमा राखि उपचार भैरहेकाे छ ।
वन कार्यालयले काँक्रेविहार क्षेत्र संरक्षणका लागि डिपिआर भै ठेक्का प्रकृया भैसकेकाे कप्पाउण्ड वाल (पर्खाल)काे काम सुचारू गर्न चासाे नदिँदा जनावरहरू थप असुरक्षित हुदै गएकाे स्थानीयकाे भनाइ छ ।
सम्बन्धित समाचार :