राकम । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) स्थापना दिवसको अवसरमा आठवीस नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्यार्थी संघ आठवीस नगरपालिकाको आयोजनामा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।
सोही कार्यक्रममा २४ जनाले रक्तदान गरेको नेविसंघ आठवीस नगरकार्यसमितिका सभापति नगेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव भुपेन्द्र शाहीसहित २३ जना पुरुष र आठवीस नगरपालिकाका उपप्रमुख दीपा बोहोरासहित २४ जनाले रक्तदान गरेका छन् ।
संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतमा पठाइएको छ ।
आठवीस नगरपालिका दैलेख, नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेत र नेपाल रेडक्रस सोसाइटी उपशाखा राकमकर्णालीको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।