सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । प्रदेश सरकार मन्त्रीपरिषद्काे २०७७ जेठ १२ गतेकाे निर्णय अनुसार चैत शुक्ल अष्टमी (चैते दशैं)काे अवसरमा यही बैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा हुने भएकाे हाे ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएकाे छ ।
नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने नगरेपनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक विदा गरेकाे हाे ।