नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।
कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।
शुक्रबार मात्रै भेरी अस्पतलामा १८३ वटा नमुना परीक्षण गर्दा १२७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेकोमा शनिबार ५५.७८ प्रतिशत देखिएको छ ।