सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासका मत लिनका लागि प्रस्ताव पेश गरेका छन्
प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
साथै उनले प्रदेश सरकारले गरेका गतिविधिका बारेमा समेत जानकारी गराए ।उनले भने ,‘ सरकार सञ्चालनका आधारहरु हामीले बनाएका छौँ । रणनीतिक योजनाहरु अघि बढाउन पहल भएका छन् । अन्तरप्रदेश अन्तर जिल्ला प्रदेशका महत्वपुर्ण योजनाहरुको कामहर भईरुहेको छ ।’
सबै क्षेत्रमा विकासका लागि जिम्मेवारी पुर्वक काम भएको उनले बताए ।
सबैभन्दा पहिला प्रदेशको नाम र राधानी राख्ने काम भयो,’ उनले भने ,‘जनतालाई केन्द्रमा राखेर काम गरेका छौँ ।’ प्रदेश सरकार निर्माण गर्दा कर्णालीको आर्थिक विकास र समृद्धिका लागि कोही पनि प्रतिपक्ष नहुने कर्णालीको प्रतिपक्ष भनेको रोग भोग अभाव हो भन्ने प्रतिवद्धता थियो । ’ तर, त्यो आज टुटेको छ।
चिन्ता र चासो भनेको प्रदेशको विकास हो तयसको लागि स्थायित्व हो,’ शाहीले भने ।
परिस्थिती बदलिएको छ । प्रदेशको आर्थिक विकास र आर्थिक शुसानको लागि साझा प्रतिवद्धता गर्न आवाश्यक छ । यो सरकार पाँच बर्षका लागि हो ।
अहिले एमाले दलको समर्थन फिर्ता भएको छ । संवैधानीक व्यवस्था अनुरुप विश्वासको मत दिएका छौँ । फेरी पनि एकताको शन्देस प्रवाह गर्नका लागि अविश्वासको प्रस्ताव आएको छ विश्वासको मतमा समर्थन सरकारको पक्षमा मतदान गर्न अपिल गर्दछु ,’ शाहीले भने ।