सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने निश्चित भएको बताएकी छन् ।
नेपालीले बिहीबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई सार्वजनि अपिल गर्दै उनले यस्तो बताएकी हुन् ।
संसदमा व्यक्त सार्वजनिक प्रतिवद्धता विपरीत केही व्यक्तीको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेपाल एमालेद्धारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिईएको छ ,’उनले भनिन् ,‘ जुन कदमले जनअपेक्षामा कठाराघात हुने निश्चित छ।’
अपिलमा भनिएको छ ,‘ सबै क्षेत्रले पछि परेको कर्णालीको विकास र समृद्धिको पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एकताबद्ध रही आएको तथ्य स्पष्ट छ। विकास र समृद्धीको कुरामा कोही पनि पक्ष विपक्षमा विभाजित नहने प्रतिबद्धता प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सम्बद्ध सबै सांसदले पटक–पटक गर्दै आएका र्छाैँ ।’
साथै उनले प्रदेश सरकार सुरुवाती देखिनै कर्णालीबासीको भावना बमोजिम तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यमा ईमान्दारिताकासाथ लागिरेहको कुरा जानकारी गराएकी छन् ।
उनले भनिन् ,‘ समग्र राजनीतिक परिर्वतन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा आफ्नो दल पुगेको छ ।’
साथै सचेतक नेपालीले भोली (शुक्रबार) हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन् सबै सांसदहरुलाई अपिल समेत गरेकी छन् ।