दुल्लू । विश्व सहयाेग ग्रुपको आयाेजनामा बुधबार दुल्लु नगरपालिका वडा नं. ५ मा नगर स्तरीय भलिवल प्रतियाेगिता सञ्चालन भएकाे छ । खेलकुदमार्फत दैलेख जिल्लाकाे आन्तरिक पर्यटनमा प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण सम्वर्द्धन र युवा जागरण गर्ने मुल उद्देश्य अनुरूप दुल्लु नगर स्तरीय भलिवल प्रतियोगिताकाे आयाेजन गरिएकाे हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै संविधानसभा सदस्य लक्ष्मी प्रसाद पाेखरेलले खेलकुद राष्ट्रकाे पहिचान भएकाेले खेलाडी उत्पादनका लागि विभिन्न किसिमका प्रतियाेगिता सञ्चालन हुन आवश्यक भएकाे बताए । खेललाई निस्पक्ष र धादलीरहित संचालन गर्न आयाेजकलाई आग्रह गरे ।
कार्यक्रममा बाेल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले खेल अनुशासन र मर्यादापूर्ण तरिकाले सञ्चालन हुनेमा आफु विश्वस्त रहेकाे भन्दै खेल र खेलाडीलाई सहयाेग गर्न नगरपालिका तयार रहेकाे प्रतिवद्धता व्यक्त गरे ।
यस्तै नेपाली कांग्रेस वन तथा विपद व्यवस्थापन समितिका केन्द्रीय सदस्य भरत प्रसाद रिजालले पनि खेलाडी र आम उपस्थिति जनसमुदायलाई सफलताको शुभकामना दिदैं नगरस्तरीय खेलले आन्तरिक पर्यटनमा प्रवद्वन हुने र खेलाडीहरुकाे आत्मवल वृद्धि हुने विश्वास व्यक्त गरे ।
खेलकुदमार्फत दैलेख जिल्लाकाे आन्तरिक पर्यटनमा प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण सम्वर्द्धन र युवा जागरण गर्ने मुल उद्देश्य अनुरूप दुल्लु नगर स्तरीय भलिवल प्रतियोगिताकाे आयाेजन गरिएकाे विश्व सहयाेग ग्रुपका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।