काठमाडौँ : नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।
पोखरेलले ६ हजार नौ सय ४२ मत पाए । उनका प्रत्यासी निर्मला शर्माले तीन हजार नौ सय १५ मत ल्याइन् । अध्यक्षका अर्का स्वतन्त्र उम्मेद्वार गजेन्द्र बुढाथोकीले ४ सय ९१ मत ल्याए भने रामप्रसाद दाहालले १५६ मत ल्याए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलकै रमेश बिष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम विजयी भएका हुन् । यस्तै महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् ।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक र एशोसिएट सचिवमा पवन आचार्य विजयी भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।
पत्रकार महासंघ चुनावको अन्तिम मतपरिणाम हेर्नुहोस
[pdf-embedder url=”https://dullukhabar.com/wp-content/uploads/2021/04/FNJ-Election-Result-Final.pdf” title=”FNJ Election Result Final”]