सुर्खेत । नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजिनामा दिने भएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागि बनेका तीन जना मन्त्रीलाई सोमबार सम्म राजिनामा गराउने निर्णय गरेको छ ।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
सोही अनुसार तीनै जना मन्त्रीले राजिनामा दिने प्रतिवद्धता जनाएको बताईएको छ।
सांसद सुशिल थापाले मन्त्रीहरुले भोली बेलुका सम्ममा राजिनामा दिईसक्नेगरी निर्णय भएको जानकारी दिए ।
एमालेबाट सरकारमा सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्रीमा प्रकाश ज्वाला, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा रहेका छन् ।