सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागि भएको छ । दिउँसो करिब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन नसकेकाे स्थानीयकाे भनाइ छ ।
आगाे नियन्त्रणका लागि स्थानीय जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी (नयाँ सबुज गण) लाइ खबर गर्दासमेत आगो नियन्त्रणमा चासाे नदिएकाे बताइएकाे छ । आगलागि भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासन वेखबर भएको स्थानीय नविना श्रेष्ठले जानकारी दिईन् ।
आगलागी नियन्त्रणकाे लागि नेपाल आर्मीकाे टाेली त्यसतर्फ गएपनि आगाे नियन्त्रणमा नलिएरै फर्किएकाे छ भने वीरेन्द्रनगर नगरपालिकाले दमकलमार्फत आगाे नियन्त्रणमा लिने प्रयास गरेकाे छ । यद्दपी आगलागी भएकाे सबैक्षेत्रमा दमकलकाे पँहुच नपुगेपछि आगाे नियन्त्रणमा आउन कठिनाइ भैरहेकाे छ ।
हाल, स्थानीयले आगाे नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । झण्डै चार किलोमिटर क्षेत्रफलमा आगलागी भईसकेको छ भने तल्लाे गाउँ क्षेत्रमा पुगेकाे आगलागीले स्थानीयकाे घरमा समेत क्षती हुनसक्ने अनुमान गरिएकाे छ ।