सुर्खेत । नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनमा कालिकोटका माओवादी निकट पत्रकारहरुले शेयर बजारमा राम्रो मार्केट (मुल्य) पाएका छन् । माओवादी केन्द्र कालिकोट जिल्ला समितिका सदस्य रहेका रत्न कार्की, प्रेस सेन्टरका पूर्व जिल्ला अध्यक्ष अशोक सिंह र लंक धमालाले कहिले चौतारी त कहिले प्रेस संगठन हुँदै पत्रकार महासंघको चुनावमा राम्रो शेयर बजारको मार्केट पाएका हुन् ।
पत्रकार महासंघको निर्वाचनमा अन्य पत्रकारले उम्मेदवारी दिए पनि उनीहरुले गुपचुप आफ्नो उम्मेदवारी झिकेका थिए । तर, कालिकोटका माओवादी निकट पत्रकार कार्की, सिंह र धमालाले कहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कहिले चौतारीको दैलो चहार्दै आफ्नो शेयर मार्केट बढाएका हुन् ।
शेयर मार्केटमा कतिमा खरिद बिक्रि भए त्यसको कुनै जानकारी नभएपनि पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका रत्न कार्कीको फेसबुक स्टाटस हेर्दा शेयर बजारमा राम्रो मुल्य पाएको देखिन्छ । ‘आश्वासनले भरिएको मेरो झोलामा पुनः अर्को आश्वासन थपिएको महशुस भएको छ । नेताज्यू बोली र ब्यवहारमा ठेगान भएत तपाईको प्रेस सल्लाकारको कुर्चीमा म हुन्थ्ये होला अर्थात मेरा कोही मान्छे ? अर्थात मेरो घरटोलमा कुनै बिकास र योजना, अर्थात कुनै हामी केन्द्रीत सोच बिचार ? पुनः तपाईको ढोकामा आश्वासनको पोको थाप्न आउने सोचमा पनि थिएन । तर, जवरजस्त अर्को आश्वासनको पोको लियर फर्क भने पछि फर्केको छु ।’ उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लेखेको स्टाटसमा भनेका छन् । ‘मैले सोचेको थिए पत्रकार महासंघको निर्वाचनमा के छ चाहाना आफै सोध्नुहोला आफै चाहाना देखाए ल ठिक छ उचित सहयोग हुन्छ होला । तर, तीन महिना क्यामेरा बोकेर पारिश्रमिकसमेत नलिएर कालिकोट फर्के जस्तै राजनीतिक रणनीति रूपमा लडिएको उम्मेदवारी पुनः टिमको बदनामी भएर फिर्ता लिएको छु ।’
कार्कीले आफ्नो असन्तुष्टी बिधि प्रक्रियामा राख्ने भन्दै लेखेका छन् । ‘म आफ्ना असन्तुष्टि बिधि प्रकिया र सिष्टममा हल खोज्ने मान्छे हुँ तर, मनोनित संगठनमा लिडरले गर्ने ब्यवहार , महत्वकांक्षी बानीले कालिकोटको संगठनको औचित्य समाप्त गर्न खोजेको थियो भलै जोगिएको छ । त्यसकारण हामीलाई यहाँ पु¥याएको थियो दासत्व स्वीकार गर्ने योजना मेरो डायरीमै छैन् हामी छैनांै हुदैन पनि । म लगायत कालिकोटका दश जनाले यस अघि नै प्रेस संगठनको साधारण सदस्यबाट राजिनामा दिसकेका थियौ त्यस बिषयमा पनि कुनै छलफल नहँुदा पनि हामीले आफ्नो पार्टी बिचार कायमै राखेका थियौ अझ पनि छलफल भएको छैन् ।’ उनले भनेका छन्,‘तर,हाम्रा असन्तुष्टी कायम राख्दै हाललाई पार्टीकै नेताहरूको केही प्रतिबद्वता अनुसार हामी पछाडि हटेका छौं ।’
उम्मेदवारी फिर्ता लिनका लागि शेयर मार्केटमा माओवादीका नेताहरुले राम्रो अक्सन लगाएको पनि उनि आफैले सामाजिक संजालमा फेसबुकमा लेखेको छन् । ‘यही बिवाद मिलाउन मुख्यमन्त्री, पार्टी प्रदेश सचिव मायाप्रसाद शर्मा, केन्द्रीय प्रेस संगठनका सचिन रोका, सांसद दुर्ग रावत, जीवन बुढा, कालिकोट पार्टी अध्यक्ष धनजित शाही, नेताहरू जनकनाथ योगी, जगत शाही मुख्यमन्त्रीका पूर्व प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, बिश्वराज बम थुप्रै नेताहरूको अनुरोधमा पछाडी हटेका छौ ।’ उनले भनेका छन्,‘यसलाई कमजोरी ठानेको भए बिचारको केवल द्वरिद्रता र बिपरित्व देख्न नसक्ने तानाशाही प्रबृति हो । यो बीचमा संगठन मिलाउने तर्फ देखिनु भयो र उहाँहरूलाई धन्यवाद केही थुप्रै साथीहरूले अनुनय बिनय गर्नुभयो । त्यसभन्दा बढी यो बीचमा एक दिनको चुनाबी प्रचारमा सहानुभुति दिनेहरूलाई अर्थात सामाजिक संञ्जाल तथा विभिन्न प्रचार माध्यममा पु¥याउन सहयोग गर्ने आफन्त सहयोद्धा पत्रकार साथीहरूको ऋणी छु । कुनै दिन फिर्ता गर्ने मन छ गर्छु । बिचार आस्था मिल्ने नमिल्ने सबैलाई धन्यवाद म तपाईको सधै साथमा र दुःख परेकालाई सहयोग गरौं । तपाईप्रति आभार ब्यक्त गर्दछु ।’