सुर्खेत । ‘ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ’ भने जस्तै सत्ता जोगाउन हम्मेहम्मे परेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशको चुनावले झन तनाव दिएको छ ।
पत्रकार महासंघको कर्णाली प्रदेशको निर्वाचनमा मुख्यमन्त्री शाही निकटका पत्रकारहरुले बागी उम्मेदवारी दर्ता गरेपछि उनी तनावमा परेका हुन् ।
प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी नेपाल(माधव समूह), प्रगतीशित पत्रकार संघ लगाएतका संगठन मिलेर बनेको एलाइन्सका उम्मेदवार प्रेस संगठनका देवीराम देवकोटाले उम्मेदवारी दिएका छन् ।
उनी विरुद्धमा मुख्यमन्त्री शाही निकट रत्न कार्की र प्रेस संगठनका कालिकोट जिल्लाका पूर्व अध्यक्ष रहेका अशोक सिंहले नेकपा एमाले (ओली समूह)को चौतारीबाट कर्णाली प्रदेश कोषाध्यक्षमा अशोक सिंह र प्रदेश सदस्यमा लंक धमालाले उम्मेदवारी दिएका छन् ।
मुख्यमन्त्री गृह जिल्ला कालिकोटका मुख्यमन्त्री शाहीका विश्वासिला पात्रहरुले उम्मेदवारी दिएका कारणले अहिले मुख्यमन्त्री शाहीलाई प्रेस संगठनका उम्मेदवारहरुले मुख्यमन्त्री शाही मार्फत अध्यक्षका उम्मेदवार कार्की र कोषाध्यक्ष उम्मेदवार सिंहलाई उम्मेदवारी फिर्ता लिन दवाव दिएका छन् ।
उम्मेदवारी फिर्ता गर्न लगाउनका लागि मुख्यमन्त्री शाहीका तर्फबाट उनका पूर्व स्वकीय सचिव खेमबहादुर सिंह र प्रेस सल्लाहकारका धुर्वविक्रम बुढाथोकीले प्रयास जारी राखे पनि कार्की र सिंहले नयाँ नयाँ माग राखेका कारणले मुख्यमन्त्री शाहीलाई तनाव भएको हो ।
कार्की र सिंहले उम्मेदवारी फिर्ता लिनका लागि तिन सर्त राखेको स्रोतले बतायो ।
उम्मेदवारी फिर्ता लिनका लागि तत्काल रत्न कार्कीलाई प्रेस संगठनको केन्द्रीय सदस्य बनाउनु पर्ने, मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्वविक्रम बुढाथोकीको ठाउँमा अशोक सिंह मुख्यमन्त्रीको प्रेस सल्लाहकार बनाउनु पर्ने र लंक धमाला पत्रकार महासंघको प्रदेश सदस्य बनाउनु पर्ने माग राखेको छन् ।
मुख्यमन्त्री शाहीलाई कार्कीलाई प्रेस संगठनको केन्द्रीय सदस्य बनाउन त सजिलो छ । तर, सिंहलाई प्रेस सल्लाहकार नियुक्त गर्न अप्ठयारो भएको छ । मुख्यमन्त्री विरुद्ध नेकपा एमाले अविश्वासको प्रस्ताव ल्याएका कारणले सरकार नै ढल्ने अवस्थामा पुगेको बेला प्रेस सल्लाहकार बनाउन सक्ने अवस्था नरहेको मुख्यमन्त्रीका एक सचिवालय सदस्यले बताए ।
‘ओरालो लागेको मृगलाई बाछाले लखेट्छ भने जस्तै भएको छ ।’ उनले भने,‘उहाँ महासंघको चुनावका कारणले तनावमा हुनुहुन्छ ।’
यो समचार तयार पार्दासम्म कार्की, सिंह, धमाला र मुख्यमन्त्री शाहीबीच अहिले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल भइरहेको छ ।
आगामी २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावका लागि कर्णाली प्रदेशमा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी नेपाल(माधव समूह), प्रगतीशित पत्रकार संघलगाएतका टिमबाट देवीराम देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने र प्रेस चौतारी (ओली समूह) र विप्लव समूहको जन पत्रकार महासंघबीचको समूहबाट विष्णु शर्माले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार देवकोटा बिरुद्ध प्रेस सेन्टरका रत्न कार्कीले र प्रेस चौतारी(माधव समूह)नमनकुमार शाहीले उम्मेदवारी दिएका छन्।
खुल्ला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय, पवित्र शाहीले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्याक्षमा कृष्णमाया उपाध्याय, बिमला खड्काले उम्मेदवारी दिएका छन् । महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई, तप्तबहादुर मल्लले उम्मेदवारी दिएका छन् ।
खुल्ला सचिवमा आकाशतारा बयक र दीपक बुढाले उम्मेदवारी दिएका छन् ।समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ, सन्तोष घर्तीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दर्ता गराएका छन् ।खुल्ला सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अशोक भण्डारी, इश्वरी देवकोटा, कमलबहादुर बुढा, कृष्णबहादुर वली, जगदिशनाथ योगी, जीवन शाही, जीतप्रसाद आचार्य, दीपकुमार शर्मा, नन्दराम जैशी, नारदप्रसाद शर्मा, बिस्नप्रसाद न्यौपाने, भुवनप्रकाश केसी, लंक धमाला, सरोज ओली, सुवर्ण शाही सुरेन्द्रबहादुर सिंह र हरीबहादुर सिंहको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा चन्द्रकला बुढाथोकी, चिना बिक, देवका लामिछाने, पवित्रा जैशी, सुरिता बस्नेत, हिरा परियारको उम्मेदवारी परेको छ ।
आदीबासी जनजातीमा करिश्मा चौधरी, चुडामणी पुन, मनबहादुर घर्तीको उम्मेदवारी रहेको छ । त्यस्तै दलित सदस्यमा भीमबहादुर परियार मदन बिक र अल्पसंख्यकमा अकबर खाँ उम्मेदवारी रहेको छ ।