सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चैते कालो धान रोपिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१० भवानुपुरमा मंगलबार देखि चैते कालो धान रोपिएको हो ।
रोपाइको सुभारम्भ कर्णाली प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरेकी हुन् ।
झण्डै तीन विगाहा जमिनमा यो बर्ष कालो धान रोप्ने तयारी छ ।
स्थानीय कृषक मुरारीजंग थापाका अनुसार गत बर्ष २८ कट्टा खेतमा रोपिएको धानमा ४० क्विन्टल उत्पादन भएको थियो ।
जसका उनले २० क्वीन्टल चामल विक्री भएको बताए ।
उनका अनुसार कालो धानको माग काठमाडौं, नेपालगन्ज लगाएतका शहरहरुबट आइरहेको छ ।
थापाले भने,‘ प्रति क्वीन्टल ४० हजारका दरले कालो चामल होलसेल मूल्यमा विक्री हुन्छ।’ चामल विक्री गर्न बजारको कुनै पनि समस्या छैन । प्रति किलो पाँच सय रुपैंयाको दरमा विक्री गर्दै आइरहेको छु ।’
सुरुमा ७ लाख रुपैंया सुरु गरेको लगानी अहिले आयर २० लाख पु¥याइसकिएको छ ।
‘कालो चामलको बाली रोगमुक्त कर्णाली’ भन्ने मुल नाराका साथ यो बाली लगाउन थालिएको हो ।धान रोपाइको सुभारम्भ गर्दै मन्त्री केसीले कालो धान रोपाईको काम प्रदेश भर विस्तार गर्नुपर्ने बताइन् ।
केसीले भनिन् ,‘कालो धान पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकार सहयोग गर्ने तयार छ।’
यस्तो छ कालो धानको महत्व
कालो धान ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो ।
एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ ।
अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन ।
पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ ।
स्वास्थ्यवद्र्धक भएकाले यो धान स्थानीय र राष्ट्रिय बजारमा बिक्री हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।