सुर्खेत । दैलेखमा बाघ र रेडपाण्डाको छाला सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार विहाना ३ बजेतिर नौमुले बाट दैलेख बजार तर्फ बन्यजन्तु ओसार–पसार गरि रहेको भन्ने गोप्य सुचनाको आधारमा नारायण नगरपालिका वडा नं. ३ खुर्सानीबारी पिपल चौतारा नजिकबाट पक्राउ गरेको हो ।
कर्णाली प्रर्देश प्रहरी कार्यालय सुर्खेत ब्युरोको टिम र दैलेख प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको कमाण्डमा सयुंक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको दैलेख प्रहरीले जनाएको छ ।
पिपलचौतारा नजिकबाट कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपमा नौमुले गाउँपालिका–२ देखि दैलेख बजार (नारायण नगरपालिका) तर्फ आइ रहेको अवस्थामा गाडीलाई चेकजाँच गर्दा बन्यजन्तुका छाला बरामद गरी बन्यजन्तु ओसार–पसार गरिरहेको पाईएको हो,’ प्रहरी निरीक्षक सुनारले भने ।
बाघ र रेडपाण्डाको छालासति नौमुले गाउँपालिका– ३ नाउँले बस्ने बर्ष ५१ को धन बहादुर मगर, वडा नं.–१ लेली बस्ने बर्ष ३३ को कबिराम अधिकारी, वडा नं.– ४ बस्ने बर्ष १९ को गाडीको चालक रोशन बस्नेत, वडा नं.– २ बस्ने डिल बहादुर पुरीको छोरा बर्ष ३३ को धन बहादुर पुरी, वडा नं.– ३ बस्ने बर्ष २२ को दल बहादुर खत्री, २ मै बस्ने बर्ष ४५ को हस्त बहादुर थापालाई पक्राउ गरिएको छ ।
यस्तै भगवतीमाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को गोबिन्द थाप र २ नम्बर वडामा बस्ने बर्ष ५६ को धन बहादुर रावतलाई पक्राउ गरी आवाश्यक अनुसन्धान थालिएको सुनारले जानकारी दिए ।
प्रहरीका अनुसार धन बहादुर मगरले बोकेको फाईल लेखेको खैरो गाडा रंगको झोला भित्र रातो सेतो कट्टा(बोरा) भित्र ३ फिट ३ ईन्च लम्बाई भएको ११ ईन्च चौडाई भएको रातो कालो रंगको पाण्डाको जस्तो देखिने जनावरको छाला एक थान, क्धष्कक न्भबच द्यथ धभलनभच लेखेको झोला भित्र सारटर बिल्डर इ.उ.अ लेखेको प्लाष्टिकको बोरा भित्र ५ फिट ९ ईन्च लम्बाई, १ फिट ५ ईन्च चौडाई, भएको चितुवाको छाला जस्तो देखिने रातो सेतो कालो बुट्टेदार छाला एक थान, हस्त बहादुर थापाले बोकेको द नर्थ फेस लेखेको झोला भित्र रेड पाण्डा जस्तो देखिने ३ फिट लम्बाई १ फिट ६ ईन्च गोलाई भएको छाला सिलाएको एक थान र निजकै अर्को झोला स्माईल लेखेको झोला भित्र ३ फिट १ ईन्च गोलाई भएको रेड पाण्डा जस्तो देखिने सिलाएको छाला एकथान नियन्त्रणमा लिईएको छ ।