सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिरबहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापा मगरले ३ वर्षीया छोरा उमेश थापा मगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् ।
थापा मगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । ‘आफु समेत सक्त घाईते भएकी छन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।’ उनले भने, ‘घटनाका बिषयमा अहिले अनुसन्धान भइरहेको छ ।’
बिहिबार दिउँसो १ बजेतिर थापामगरले छोराको पासो लगाएर हत्या गरेको आफुले भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको स्थानीय गणेश थापा मगरले जानकारी दिए । ‘के कारणले घटना भएको हो । त्यो कुरा हुन सकेको छैन् ।’ उनले भने,‘घाइते भएकी आमा उपचारपछि सन्चो भएपछि घटनाका बिषयमा जानकारी होला ।’