सुर्खेत । ज्योतिष परिषद कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ । बैठक प्रदेश अध्यक्ष ज्यो डा. गौरीशंकर शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकले यही चैत्र २१ र २२ गते दाङमा हुने ज्योतिष परिषदको सम्मेलनलाई सफल बनाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । यसका साथै विभिन्न जिल्लाबाट ज्योतिष गणित अध्ययन गरेका, योग्यता पुगेका ज्योतिषहरुलाई सदस्यता समेत वितरण गरिएको संस्थाका सचिव ज्यो. धनऋषि उपाध्यायले जानकारी दिनुभयो ।
विज्ञान विषयमा विश्वास गर्ने ज्योतिष विद्यालाई जिवन्त राख्नका लागि यसको सही प्रयोग, अध्ययन र अनुसन्धान हुनुपर्नेमा ज्योतिष परिषदले जोड दिँदै आएको छ । बैठकमा कर्णाली प्रदेशका सबै जिल्ला लगायत लुम्बिनी प्रदेशका केही जिल्लाबाट समेत सहभागीता रहेको थियो ।
ज्योतिष विद्याको संरक्षण र सम्वद्र्धनका लागि नेपाल सरकारले समेत विशेष कदम चाल्न आवश्यक रहेकाले त्यस तर्फ सरोकारवाला सम्बद्ध निकायहरुले समेत ध्यान दिनुपर्ने ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डो गौरीशंकर शर्माले आग्रह गर्नुभयो । ज्योतिष विद्यालाई जिवन्त राख्नका लागि अध्ययन र अनुसन्धानमा जोड दिनु पर्ने भएकाले त्यसतर्फ लाग्न सबै ज्योतिषहरुलाई आग्रह गर्दै ज्योतिष परिषद कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम शर्मा अधिकारीले भन्नुभयो, ‘हामीले के गर्दैछौ र कसका लागि गर्दैछौ ? यो व्यक्तिगत फाइदाका लागि नभई ज्योतिष विज्ञानको संरक्षणका लागि गर्दैछौ भन्ने कुरालाई मनन् गर्न जरुरी छ ।’