सुर्खेत । बाँकेमा पाटे बाघको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का ५० वर्षीय गंगाबहादुर खत्री, सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई गाउँपालिका-४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका-४ का ३८ वर्षीय ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामास्थित सुर्खेत-कोहलपुर सडकखण्डमा अवैध बाघको छाला तथा हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा पाटे बाघको छालासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।