सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा सचिव नहुँदा दैनिक कामकाज व्यवधान आएको छ । काजमा सरुवा भएका मन्त्रालयका सचिव लोकनाथ पौड्यालले आर्थिक अधिकार नदिदाँ दैनिक कामकाजमा समस्या भएको हो ।
काजमा सरुवा भएका पौड्यालले निमिक्त कार्यालयको सचिव वा आर्थिक अधिकार दिएर जानु पर्ने र कार्यालयबाट सरुवा भएको रमाना पत्र पनि नबुझेका कारणले कार्यालयको कामकाजमा समस्या आएको एक कर्मचारीले बताए ।
सामाजिक विकासमन्त्री रावलको मुख्यमन्त्रीलाई पत्र लेखेपछि यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय ग¥यो । सरकारले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।
कार्यालयमा फोटोकपी कागजसमेत छैन् सचिव पौड्यालले कामकाजका बिषयमा कसैलाई जानकारी नदिएर गएका कारणले कार्यालयमा आर्थिक अधिकार कसैलाई नदिएका कारणले कार्यालयको फोटोकपी कागज र टेलिफोनको बिल समेत तिर्न नसकेको कार्यालयका एक अधिकारीले बताए । ‘आर्थिक अधिकार कसैलाई दिनु भएन् ।’ उनले भने,‘सरुवा भएको सचिवले १५ दिनभन्दा बढी कार्यालय अस्तव्यस्त बनाएर जानु भएको छ । कार्यालयका दैनिक कामकाजमा समेत समस्या भएको छ ।’