सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय मगर संघको प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मलेन सुरु भएको छ । नेपाल मगर संघ सुर्खेतद्वारा उक्त सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा उपस्थित र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको छ । र्यालीलाई नगर प्रहरी कार्यालय वीरेन्द्रनगरको मोबाइल टोलीले (कर्णाली प्रदेश ००१झ ००११) स्कटिङ गरिरहेको छ । तर, स्कटिङमा खटिएको उक्त टोलीमा संलग्न प्रहरी भने सुतिरहेको अवस्थामा (१३:४०बजे) भेटिएका हुन् । उनी प्रहरी टोलीका कमाण्डर भएको बुझिएको छ ।