सुर्खेत । ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ तेस्रो दिनमा शुक्रबार ‘सुर्के थैली’ कर्णाली घुमाउरो पड्यो, पड्नु पड्डो छ, शिक्षा र प्राज्ञिक कर्णाली बिषयमा बिचारविमर्ष भएको छ । पत्रकार सुर्यमणी गौतमले सहजीकरणमा राजनीतिज्ञ तथा शैक्षिक अभियन्ता मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल,शैक्षिक अभियन्ता शान्ता दाहालले विचारविमर्ष गरेका हुन् ।
राजनीतिमा शिक्षा नभएको अबका दिनमा राजनीतिमा शिक्षाको आवश्यकता रहेको राजनीतिज्ञ तथा शैक्षिक अभियन्ता मिलन पाण्डेले बताए । ‘राजनीतिकमा शिक्षाको कमी हुँदा त्यसले राजनीतिक नैतिकता सैन्द्धातिक क्षेत्रमा प्रभाव पार्ने गरेको छ ।’ उनले भने,‘त्यसैले राजनीतिकमा शिक्षा अनिवार्य रहेको छ । शिक्षा बिनाको राजनीतिक भयो भने त्यसले अराजकता निम्त्याउने गरेको छ ।’
कर्णाली प्रदेशमा शिक्षा क्षेत्र खस्किएको देखिएको शिक्षाका बिषयमा विद्यालयमा अध्यापन गराउने शिक्षकले समेत आफ्नो जिम्मेवारी बहन नगरेको शैक्षिक अभियन्ता शान्ता दाहालले बताइन् । ‘शिक्षा दिने शिक्षकले पढाएर के पाएका छौं भन्छन् । उहाँहरुलाई राज्यले तलव त खानुभएको छ ।’ उनले भनिन्,‘हामीले ती शिक्षकहरुलाई तपाईहरुदले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अध्यायन गराएवापत तलव पाउनु भएको छ । जिम्मेवारीका बिषयमा कसैले सिकाउने गरेको छ ?’
शिक्षा सरकारले गरेको लगानी अनुसार अहिले कुनै पनि काम नसकिएको स्थानीय सरकारहरुले त्यसको शिक्षा क्षेत्रमा लगानी बढेको वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकालले बताइन् । ‘स्थानीय तहले शिक्षाले जोड दिएको छ ।’ उनले भनिन्,‘स्थानीय तहका सरकारको सक्रियताले शिक्षा क्षेत्रको विकास गर्न सकिन्छ ।’
कार्यक्रममा सहभागी दैलेखमा कृष्ण जैशीले राजनीतिक दलहरु चुनाव बेला भोट माग्न जनतामा घरमा जाने गरेको तर, अहिले राजनीतिक दलका कुन नेताले जनताको घरमा छोराछोरीलाई स्कुल पढाउनुहोस भनेर गएको छ ? भनेर प्रश्न गरेका थिए ।