सुर्खेत । कर्णाली प्रदेशमा रहेका पाैडेल बंशका बन्धुहरू संगठित भएका छन् । देशभरका संगठित हुन नसकेका पाैडेल बंशका बन्धुहरूलाइ एकिकृत गरि आर्थिक, सामाजिक, सांस्कृतिक, बिकास गर्दै जेष्ठ पौडेल बंधुहरुको संमान, युवाहरुलाई सत्कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यले संगठित गरिएकाे हाे ।
हाल कर्णालीका विभिन्न जिल्लाका साथै दैलेख, रुकुम पक्षिम, सल्यान, र सुर्खेतमा पाैडेलहरूकाे बासस्थान रहेकाे छ ।
सामाजिक उत्तरदायित्व एंव परोपकारी कार्य गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउदै आफ्नो धर्म, संस्कार, संस्कृति संरक्षणमा टेवा पुर्याउदै देशभरिका पौडेल बंधुहरुलाई समेटी छाता संगठन निर्माण गर्ने उदेश्यका साथ पौडेलबंश महासंघ नेपाल अन्तर्गत कर्णाली प्रदेश महासंघ को प्रथम परिषद (भेला) गरिएकाे मनाेज पाैडेलले बताए ।
आइतबार वीरेन्द्रनगरमा आयाेजना गरिएकाे उक्त भेलामा कर्णाली प्रदेश अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता र केन्द्रिय अध्यक्ष श्री लोकनाथ पौडेल को प्रमुख आतिथ्यमा केन्द्रका बरीष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिवका साथै केन्द्रिय सदस्यहरुको उपस्थिति रहेकाे थियाे ।
अध्यक्षमा कृष्णप्रसाद पाैडेल चयन
आइतबार भएकाे पाैडेल बंशका बन्धुहरूकाे भेलाबाट ११ सदस्यीय प्रदेश कार्य समिति गठन गरिएकाे छ । नवगठित कार्यसमितिकाे अधयक्षमा कृष्णप्रसाद पौडेल, उपाध्यक्षमा तेजप्रसाद पौडेल र सचिवमा मनोज पौडेललाइ चयन गरिएकाे छ ।
यसैगरी कोषाध्यक्षमा ताराकेशर पौडेल, सदस्य सचिव हिरामणि पौडेल, सदस्यहरू प्रदिप्त पौडेल, बालकृष्ण पौडेल, डिल्लीराम पौडेल, कृष्ण प्रसाद उपाध्याय, टोपबहादुर पौडेल, भेग प्रसाद पौडेल चयन भएका छन् ।
साथै भेलाबाट ९ सदस्यीय वंशावली संकलन तथा कुलपूजा विधि संकलन समिति समेत गठन गरिएकाे छ ।