सुर्खेत । सोमबार एक कार्यक्रमका बीच पछिल्लाे समय सर्बाधिक रुचाइएको NISSAN MAGNITE नामाक SUV कार कर्णालीमा लन्च भएकाे छ । निसान मोटरको, कर्णाली प्रदेशका लागि “ड्याट्सन र निसान” ब्राण्डका चार पाङ्ग्रे गाडीको आधिकारिक बिक्रेता स्वर्निम बिजनेश कन्सर्न प्रालिले कार लन्च गरेकाे हाे ।
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध हुनेछ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।
यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।
यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।


