सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटियालाईन बजार क्षेत्र निकै व्यस्त हुने सडकखण्ड हो ।
मुख्य बजार (चोक) भएकाले पनि दैनिक सयौँ सवारी–साधन आवत–जावत हुनुका साथै पैदलयात्रीहरुको भिड पनि उस्तै हुन्छ ।
मुख्य बजार भएकाले पनि सामान किन्न आउने–जानेहरुको भिड उस्तै हुन्छ । तर, बिच भागमा पर्ने सडकको धुलो–धुवाँले भने व्यापारी, पैदल यात्रीले निकै सास्ती खेप्नुपरेको छ ।
मुख्य राजधानी भित्रकै व्यस्त सडक भएपनि धुलो–धुवाँले दुबै तर्फका पसलहरुमा समस्या दिने गरेको छ भने पैदलयात्रिहरुले मुखमा रुमाल छ्यापेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
निर्माण कम्पनीले समयमा कालोपत्रेको काम नगर्दा यो अबस्था आएको हो ।
समयमा सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै आज बिहानै देखि स्थानीय पसल व्यवसायीहरुले डोरी बाँधेर सडक अवरुद्ध गरेका छन् ।
मुख्य सडक भएपनि समयमा काम सम्पन्न नगरेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । निर्माणका लागि ठेक्का प्रक्रियामा काम सुरु भएको लामो समय भइसक्यो । तर, हाल सम्म काम सम्पन्न नगरेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।
आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालय सम्मको उक्त, बाटोको कालोपत्रेको जिम्मा लिएको पि.के एन, सन कन्ट्रक्सन निर्माण कम्पनीले लिएको छ ।
स्थानीय व्यवसायी कुसुम रावल भन्छन,‘ निर्माणाधीन सडकको समयमा काम सम्पन्न नगर्दा धुवा–धूलोको सास्ती त छदैँछ । गाडी गुड्दा गिटी उछिट्टिएर बालबालिका घाइते भएका छन् ।’ यतिमात्रै होइन पसलका काउण्टर समेत फुटेर क्षति हुने गरेको छ । काम सम्पन्न नगरुन्जेल सम्मका लागि हामी सडक सुचारु हुन दिदैनौँ ।’
एक बर्ष भन्दा धेरै भइसक्यो । मुख्यमन्त्री, मन्त्रीहरु मेयरहरु यात्रा गर्ने बाटो पनि यही हो । हामीलाई रहर होइन् बाटो बन्द गर्नु बाध्यता हो,’ व्यवसायिरुले भने । व्यापारीहरुका अधिकाँश सर–सामानहरु धुलोले फोहोर हुने गरेको उनीहरुको गुनासो छ ।
आईएमी, नेकपा, नेपाली काँग्रेस लगाएतका पार्टी कार्यालयहरु यही आसपासमा पर्दछन् भने सिधै अघि पर्ने होटेल भ्यालि भ्यु सबैभन्दा ठुलो होटेल पनि यही अन्तर्गत पर्दछ ।
जहाँ दैनिक ठुला ठुला कार्यक्रमहरु हुने गर्दछन् । तर, यही सडक धुलो–धुवाँले अस्तव्यस्त हुँदा सम्बन्धीत निकाय बेखबर जस्ते बनेको स्थानीयको भनाई छ ।
राजधानीको मुख्य सडक हो यो राज्यले किन ध्यान दिन नसकेको ? एक अर्का स्थानीयले भने । सडक निर्माणको काम सुचारु नगरे सम्म सडक बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
यता वीरेन्द्रनगरपालिकाले भने सडक कालोपत्रे गर्न मात्र बाँकी रहेको प्रतिक्रीया दिएको छ । गत आर्थिक बर्षमै सम्पन्न भइसक्नुपर्ने सडकखण्डको काम कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न नसकेको बताएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चैत्र मसान्त सम्म काम सम्पन्न गरिसक्नुपर्ने बताए । ‘
स्थानीयले अवरुद्ध गरेका छन् भने हामी ठेकेदार कम्पनीलाई व्यवस्थित गर्न लगाउँछौँ,’उनले भने । नगरपालिकाका इञ्जिनियर हरि केसीले गत बर्ष कोभिडले समस्या दिएको भन्दै म्याद थप गरेर यो बर्ष देखि काम सुचारु गरिएको बताए ।
यद्यपी, चिसोको समयमा कालोपत्रे गर्न केही समस्या हुने भएकाले अब तत्काल काम शुचारु हुने उनले बताए ।
ठेकेदार कम्पनीले कालोपत्रेको लागि ८१ लाख ८२ हजार ५ सय १७ रुपैया मुल्य अभिवृद्धी करसहित जिम्मा लिएको छ ।