जुम्ला । जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
मृतक बुढा सहित उनका ७ जना साथीहरुलाई माघ १८ गते मोवाईल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुक्षको क्रममा प्रहरिले शारिरिक तथा मानसिक यातना दिएपछि मृतक वालक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररथ थिए ।
प्रहरीको कुटाइबाट बालकको मृत्यु भएपछि बिहिबार स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगामा तनाव ग्रस्त भएको थियो ।
कानुनी राज्यमा प्रहरिको कुटाईबाट बालकले ज्यान गुमाउन वाध्य हुनु विडम्बनाको कुरा भएको पिडित पक्षको भनाई छ ।
स्थानीयले यथाशिघ्र दोषिमाथि कार्वाहि गरि क्षतिपुर्तिको माग गरेका छन् । ‘अरुलाई न्याय दिने प्रहरिको कुटाइबाटै मृत्यु हुन्छ,भने न्याय माग्न कहाँ जाने’ स्थानियले प्रश्न गरे ।
राज्यकै निकायबाट भुल भएकोले गृहमन्त्रालयबाटै छानबिन समिति आउने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताएका छन् । वालकमाथि कुटपिट गर्ने प्रहरिलाई निलम्वन गरिने प्रजिअ थापाले बताए ।समाचार आजको राजधानी दैनिकमा छ ।
पिडितलाई क्षतिपुर्तिको लागी समेत पहल गर्ने प्रजिअ थापाको भनाई । ‘प्रहरिको मानसिक र शारिरिक यातनापछि स्वास्थ्य समस्या देखिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरिले स्वीकारेको छ ।