सुर्खेत । भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएकाे छ । कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय केन्द्रिय परिसरकाे गेट अगाडी न्यायप्रेमी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएकाे हाे ।
बैतडीमा बलात्कार गरि हत्या गरिएकी १७ बर्षिय किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे !, पीडितलाई न्याय दे !, महिला हिँसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलत्कारि पो रहेछ !, “Rape is not her dress , it is your evil mind” इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएकाे थियाे ।
देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा यौन दुर्ववहार, बढदो क्रममा रहेका बलात्कारका घटना, गैरजिम्मेवारपूर्ण राज्य, राजनीति शक्ति र सत्ताले सुरक्षा गरिएका बलात्कारी, अपराधी आदि समाजको यथार्थ बिष्यबस्तुलाई उठान गरिएका कविता, गजल, मुक्तक, भावना वाचन गरेर बिरोध गरिएको थियो।
कार्यक्रममा एक दर्जन बढी साहित्यक सर्जगहरुले आफ्नो रचना वाचन गरेर न्यायको निम्ति आवज उठाएका थिए। उक्त कार्यक्रममा रचना वाचनसंगै २० मिनेटको सडक कथा तथा नाट्य प्रदशन गरिएको थियो।
जसमा चेलीबेटीले खेपेका पीडा वेदना, आजसम्म घटेका महिला हिँसा, समाजको बलात्कारी प्रवृत्ति र संस्कार, सार्वजनिक क्षेत्र बिद्यालय, बसपार्क, क्याम्पस, आदि कार्यलयमा हेरिने महिला माथीको गिद्दे नजर तथा व्यवहार, सामाजिक संजालमा गरिने दुर्ववहार बारे कुरा उठाइएको थियो।
यस्ता सृजनात्मक तथा रचनात्मक किसिमले बिरोध कार्यक्रम कर्णाली अध्यन केन्द्रले गर्दै आएको, समय बमोजिम गर्दै आउने कार्यक्रमका अध्यक्षताको भुमिका निर्वाह गरेका कर्णाली अध्ययन केन्द्रका संयोजक मिलन बि.सिले बताए । उक्त कार्यक्रमको संचालन दिपेन्द्र बि. सी दिपुले गरेका थिए ।
उनले बारबार न्याय दे भनेर राज्यलाई सडकबाट बिरोध गर्नुपर्ने परिस्थितिले आफू दुखी भएको साथै राज्यले राज्यका नागरिकहरुको सुरक्षा गर्न नसकेको बताउँदै आफैमा लाचारी हुने र अपराधी संरक्षण गर्ने प्रवृत्तिले बलात्कारका घटना बारबार दाेहाेरिन पुगेकाे बताए ।