सुर्खेत । सोमबारदेखि निजी वायु सेवा कम्पनी श्री एअरलाईन्सले सुर्खेत विमानस्थमा परीक्षण उडान गरेको छ ।
सोमबार बिहाना एअरलाईन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजद्वारा उडान परीक्षण गरेको हो ।
बिहाना १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले बताए।
उनले भने ,‘ सुर्खेतको आकाशमा दुई वटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा जहाज काठमाडौं फर्किएको छ ।’
पाईलट डिएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो,’उनले भने,‘ अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्ने बारे एअरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने छन् ।’
उनका अनुसार २० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमता अनुसारको लोड ल्याउन सकिन्छ भनेर पाईलटले जानकारी गराएका छन् ।
श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने छ,’उनले भने ।