दैलेख । दैलेखको दुल्लू नगरपालिकाका २० जना युवाहरुलाई च्याउ खेती सम्बन्धी तालिम दिईएको छ।
शुक्रबार २ नम्बर वडा स्थीत नरेस्वर आधारभुत बिद्यालयमा समुदायका २० जना लाई सिताके च्या खेती सम्बन्धी १५ दिने तालिमको सुभारम्भ गरिएको हो ।
शिक्षक अभिभावक लाई तालिम दिँदा विद्यार्थीले समेत उधमी हुने हुँदा तालिम प्रदान गर्न लागेको उद्योग अधिकृत पर्शुराम आचार्य ले जानकारी दिए ।
दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले उधमशिल विधालय निर्माणको क्रममा यस्ता खालका तालिमले रोजगारीका अवसरहरु सृजना हुने बताए ।
यस्ता तालिमले योजना निर्माण र कार्यक्रम संचालन गर्दा विद्यार्थीको सिकाईमा सहजता प्रदान गरिने पनि भण्डारीले बताए ।
नगरउपप्रमुख बिष्णु थापाले तालिमले रोजगारी सँगै सीप विकास हुने र महिला को आर्थिक क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताईन् ।
कार्यक्रम छनोट लगायतका बिषयमा तालिमका सहजकर्ता शिताके च्याउ उत्पादक उधमी नगेन्द्र खड्काले उत्पादन ढिलो हुने हुँदा न आतिन अनुरोध गरे ।