सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि ठप्प देखिएको छ ।
वीरेन्द्रनगरमा पनि सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु बन्द गरिएका छन् । बिहानैदेखि नेकपाका कार्यकर्ताहरु बन्द सफल बनाउन हिडेका छन् ।
सुर्खेतमा अहिलेसम्म शान्तिपूर्ण आन्दोलन भइरहेको र आम हड्ताल सफल बनाउन जनताले सहयोग गरेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताए ।
यद्यपी, केपी ओली समूहका विद्यार्थी हरुले हडताल को विरोध गरेका थिए ।