सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भोली(बिहिबार) प्रचण्ड–नेपाल समूहले आयोजना गरेका आमहड्ताल सफल पार्न आह्वान गरेको छन् । उनले आफ्नो आधिकारीक फेसबुकमार्फत गरेको आह्वानको गलत अभ्यास भएको बताइएको छ । पार्टीका हैसियतमा मन्त्री ज्वालाले आमहड्ताल आह्वान गर्न नैतिक रुपमा देखिएपनि सरकारी निकायको मन्त्री पदमा रहेका व्यक्तिले आमहड्तालको आह्वान गर्नु गलत अभ्यास भएको जानकारहरुको भनाई छ । उनको यो अभ्यासको चौतर्फी आलोचना हुन सुरु भएको छ ।
सरकारले असंबैधानिक आयोगमा असंबैधानिक रुपमा गरिएको नियुक्तिको बिरुद्धमा आमहड्ताल गर्न मन्त्री ज्वालाले आह्वान गरेका हुन् । सरकारले असंबैधानिक नियुक्ति गरेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले आम हड्ताल सफल पार्न सामाजिक संजाल फेसबुकमा लेखेका छन् । ‘सरकारले संबैधानिक आयोगहरुमा असंबैधानिक रुपमा गरिएको नियुक्ती र जथाभावी गरिएका राजनैतिक नियुक्ति बिरुद्ध भोलि माघ २२ गते हुने देशब्यापी आम हड्ताल सफल पारौं !’ उनले भनेका छन् ।
उनले आम हड्ताल सफल पार्नका लागि सबै आह्वान समेत गरेका छन् । ‘हड्ताल सफल बनाउन सम्पूर्ण उद्योगी, ब्यापारी, यातायात व्यावसायी, शैक्षिक संस्थालगायत आम नेपाली आमा बुवा, दिदी बहिनी, दाजु भाईसङ्ग बिनम्र अपिल गर्दछौं ।’
मन्त्री ज्वालाले आम हड्ताल सफल बनाउन आह्वान गरेपछि मन्त्रीको भनाईलाई अरुले आलोचना गरेका छन् ।
मन्त्री ज्वालाले लेखेको स्टाटसलाई कमेन्ट गर्दै अधिवक्ता गणेश ओली ‘गलत अभ्यास’ बताएका छन् ।