सङ्गालेर राखेको यो मन विक्रिमा छैन,
मुल्य गर्ने धेरै छन् विक्रिमा छैन ।
पैसा साटेर कतै बजार पुग्नुहोला महोदय
यो मन त, झन विक्रिमा छैन ।
प्रियाले मलाई छोडेर गएपनि के भयो त
चुरा, पोते, धागो अनि कंगन विक्रिमा छैन ।
दिनहुँ तेरो बावुको निसानी बेच भनेर, मेरा
घरि–घरि आफन्तै आउछन् विक्रिमा छैन ।
मैले सधैभरि हेरिरहनु पर्छ उसलाई
मुटु लैजाउ बरु यो नयन विक्रिमा छैन ।