दैलेख । दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । दैलेख आठविस नगरपालिका–८ विसल्लाका ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।