सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
माघ १६ गते विहान दश बजे वीरेन्द्रनगर वडा नं –४ एकताटोलबाट बाँके जिल्लाको खजुरा गापा वडा नं –८ घर भएका २८ वर्षका सदाम खाँ र २८ कै सब्बीर खाँनलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुले आफ्नो कोठामा लागु औषध (ब्राउनसुगर) बिक्री वितरण समेतको कार्य गर्दै आएको छ भन्ने गोप्य सुचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटी गएको प्रहरी टोलीले निजको शरीर तथा डेरा कोठा खानतलासी गर्दा कोठाको उतर पूर्व कुनामा पराल थुपारेको उक्त पराल मुनी १०पुडिया (क्वाटर), ब्राउनसुगर जस्तो देखिने जस्तो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक /सुचनाअधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
डिएसपी घर्तीका अनुसार नापतौल गर्दा प्लाष्टिक सहित ४७० मिलीग्राम र प्लाष्टिक बाहेक शुद्ध नापतौल गर्दा ३६० मिग्राम, लाऔब्राउन सुगर र सोही नजिकै नाईट्राभेटाम १७ वटा ट्याब्लेट नगद १७,८५० रुपैयाँ बरामद गरिएको हो ।
उनीहरुबाट एक थान नोकिया सादा मोबाईल फेला पारी थिप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।