सुर्खेत । वर्तमान कामचलाउ सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले अहिलेको सरकारलाई ‘श्री ५ को सरकार’ भनेर सम्बोधन गरे । उनले, सुर्खेतको वीरेन्द्रनगर स्थीत नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्ताे भनेकाे हुन् ।
उनले सम्बाेधनमै भने ,‘मञ्चमा आसीन हुनुभएका व्यक्तिहरूलाइ सम्मान गर्न चाहान्छु र सुर्खेत आदरणीय जनसमुदायहरु म सबैलाइ नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट अभिवादन टक्र्याउँछु ।’ उनको यो शब्दको अहिले तिव्र चर्चा भइरहेको छ । यद्दपी सरकारकाे मन्त्री पदमा आसीन व्यक्तिले आफु कुन सरकारकाे पदमा छु भन्ने कुराकाे समेत हेक्का नराखेकाे भन्दै आलाेचना भैरहेकाे हाे ।
२०१५ साल वैशाख ३ गते अघि सरकारलाई पनि अहिलेको जस्तै ‘नेपाल सरकार’ भनिन्थ्यो । २०१५ साल वैशाखमा राजा महेन्द्रले प्रचलनमा रहेको ‘नेपाल सरकार’लाई विस्थापन गरी ‘श्री ५ को सरकार’ लेख्न् लगाएपछि नै नेपालमा ‘श्री ५ को सरकार’ प्रयोगमा आएको हो ।
राजा महेन्द्रले ‘अब उप्रान्तदेखि नेपाल सरकार भनी लेख्ने चलन भइआएकोमा श्री ५ को सरकार गर्नू र नेपालराज्य दूतावासहरूको नाम अंग्रेजीमा लेख्दा H. M’s Embassy of Nepal भनी लेख्नूर’ भनेर हुकुम दिएछन् र त्यसपछि मात्र ‘श्री ५ को सरकार’ लेख्न थालिएको हो ।
२०६३ जेठ ४ गते अघिसम्म नेपाल ‘अधिराज्य’ अर्थात् राजाद्धारा शासित राष्ट्र थियो । सरकार पनि ‘श्री ५ को सरकार’ थियो । राजा पनि राज्य सञ्चालनमा सहभागी थिए । त्यसैले राजाले सम्बोधन गर्दा आफ्नो सरकारलाई ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ।
२०१५ साल वैशाखदेखि भन्न थालिएको श्री ५ को सरकारलाई २०६३ जेठ ४ गतेको प्रतिनिधि सभाको घोषणाबाट अन्त्य गरियो । सो घोषणा–पत्रको दफा २.१ मा नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहनेछ ।
श्री ५ को सरकारलाई अब उप्रान्त “नेपाल सरकार” भनिनेछ” भनेर घोषणा ग¥यो । त्यसपछि वैधानिकरूपमा नै नेपाल ‘अधिराज्य’बाट ‘राज्य’ परिणत भयो र ‘श्री ५ को सरकार’को पनि अन्त्य भयो ।
तर, वैधानीक रुपमानै अन्त्य भएको शब्दलाई मन्त्री जस्तो व्यक्तिले सयौँ जनमानसको बिचमा छाति फुलायर श्री ५ को सरकारबाट भन्ने शब्दको प्रयोग गर्नु आफैमा पनि त्यति राम्रो भने होइन् । मन्त्री थापाले सम्बोधनका क्रममा अरु केही कुराहरु पनि थपे । नेपालमा २००७ सालदेखि राजनीतिक क्रान्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो।’ उनले थप्दै गए नेपाली जनताले आफनै देशमा बास,गाँस, कपास पाउनुपर्छ ।
जनताले आफनै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनुपर्छ । आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्छ । अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ। नयाँ आन्दोलनको गुण छ।’ यस्तो पाठ सिकाउन् कसरत गरिरहेका थापालाई थाहा रहेनछ की ‘ यो नेपाल सरकार’ हो भन्ने ।
अझ उनले प्रचण्ड र माधव नेपालले देशलाई अस्थिरतातर्फ लैजाने कोसिस गरिरहेको आरोप समेत लाउन भ्याए । यद्यपी, आफुलाई मन्त्री पद दिलाएको भएर होला प्रधानमन्त्री ओलीको भने खुलेर तारिफ गरिरहे र भने ,‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजे । अब चुनावको विकल्प बाहेक अरु छैन् ।
भिडियाे हेर्नुहाेस्