सुर्खेत । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ । दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो ।
भोली १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ ।
राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चन सहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।
दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकालेको विप्लवका एक नेता कार्यकर्ताले बताए ।
उनले भने, कसैले नेपाल वन्दको अवज्ञा गरेछ भने सोही जिम्मेवारी हुन र नेपाल बन्द सफलको लागि सबैमा सहयोगको आब्वाहन समेत गरेको जानकारी दिए ।