सुर्खेत । पुर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन्।
ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए ।
शुक्रबार बिहाना प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने,‘ओलीलाई देशको चिन्ता छैन्, संविधानको चिन्ता छैन् । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’
साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे । उनले भने,‘ ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि ग¥यो नी ……!
उनले संविधानमाथि ‘कु’ गरेका छन् , अब जनता जाग्नुपर्छ।’ नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहित रहेको दावी गरेका छन् ।‘
हामी आधिकारीक हौं, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, तत्काल हामी केपी अोलीलाइ्र्र साधारण सदस्य समेत नरहने गरेर हटाउँछौँ । उनले सुर्य चिन्ह आफ्नो भएको पनि दावी गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने,‘ जति सुर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन् । पार्टीको विद्यान हेर्नेुहोस ।जसरि भएपनि सुर्य चिन्ह हाम्र्रो हुन्छ।’
विगत देखिनै महिले एमालेको नेतृत्व गरेको छु । उनले भने,‘ रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन्।’